Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कप्तान श्रेयसको शानदार ब्याटिङमा पञ्जाब आईपीएलको फाइनलमा





अहमदाबाद।

कप्तान श्रेयस अय्यरको शानदार ब्याटिङमा पाँचपटकको विजेता टोली मुम्बई इन्डियन्सलाई हराउँदै पञ्जाब किङ्स आईपीएल क्रिकेटको फाइनलमा पुगेको छ । आइतबार भएको दोस्रो क्वालिफायर खेलमा मुम्बईलाई ५ विकेटले हराउँदै पञ्जाब उपाधिको एक कदम नजिक पुगेको हो ।

मुम्बईले दिएको २०४ रनको लक्ष्य पञ्जाबले १९ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान श्रेयसले ४१ बलमा अविजित ८७ रन बनाए । यस क्रममा उनले ५ चौका र ८ छक्का प्रहार गरे । नेहाल वधेराले ४८ तथा जोश इङ्लिसले ३८ रन बनाए ।

मुम्बईका लागि अश्वनी कुमारले २ विकेट लिँदा ट्रेन्ट बोल्ट र कप्तान हार्दिक पाण्ड्याले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर २०३ रन बनाएको थियो । मुम्बईका लागि तिलक वर्मा र सुर्यकुमार यादवले समान ४४ रन बनाउँदा नमन धिरले ३७ रन बनाए ।

पञ्जाबका अजमतुल्लाह ओमरजाइले २ विकेट लिए भने काइल जेमिसन, मार्कस स्टोइनिस, विजयकुमार वाइशाक र युजभेन्द्र चहलले १-१ विकेट हात पारे ।

पञ्जाब ११ वर्षपछि प्लेअफमा पुगेर फाइनल नै पुगेको हो । यसअघि सन् २०१४ को फाइनलमा पञ्जाब कोलकातासँग पराजित भएको थियो ।

पञ्जाबले अब उपाधिका लागि मंगलबार रोयल च्यालेन्जर्स बेंगलुरुसँग खेल्नेछ ।