

सुजीतकुमार झा
जनकपुरधाम ।
शिक्षा समिति जनकपुरधाम उपमहानगरपालिकाका सदस्य एवं मोर्डन इंगलिस स्कूलका सञ्चालक दिपक ठाकुरले जनकपुरधामको अर्थतन्त्रलाई चलायमान बनाउन शिक्षा क्षेत्र ठूलो योगदान गरेको तथ्यांकले पनि देखाउँछ बताउनुभयो । जनकपुरधाम र यस नजिक एकलाख भन्दा बढी विद्यार्थी पढछन् ती सबैको सामान किन्ने ठाउँ यही रहेकाले यसले कतिको व्यापार भइरहेको सहजै कल्पना गर्न सकिन्छ उहाँले बताउनुभयो ।
मोडेल खबरसँग कुरा गर्दै एनप्याबसन जनकपुरधामका अध्यक्ष समेत रहेका ठाकुरले भन्नुभयो – जनकपुरधाम शिक्षाको हब पहिला पनि थियो, अहिलेपनि छ र आउनेवला वर्षोसम्म रहनेछ ।
जो अभिभावक शुरुदेखि नै छोराछोरीलाई बाहिर पठाउने मानसिकता बनाइसकेका छन् त्यसतालाई जस्तो माहौल दिएपनि यहाँ छोराछोरी पढाउँदैन तर क्वालिटीका कारण यहाँ पढाउँदैन त्यस्तो अवस्था नरहेको उहाँले बताउनुभयो । जनकपुरधामका शिक्षक देशभरी तहलका मचाएका छन् यहाँ कमजोर होला कसैले विश्वास गर्दैनन् बताउँदै उहाँले भन्नुभयो – बीना इजाजत स्कूल चलाइ रहेकाले केही समस्या गरिरहेको छ त्यस्तालाई तह लगाउनुपर्छ ।
जनकपुरधामको मेयर मनोज साह शिक्षामा सुधार होस यसका लागि जहिलेपनि सकारात्मक हुनुहुन्छ तर शिक्षा शाखामा थोरबहुत समस्या रहेको छ यसको सुधार गर्नुपर्छ ठाकुरले बताउनुभयो । उहाँले शिक्षा शाखा गम्भीर रहेको समेत आरोप लगाउनुभयो ।
ठाकुरसँगको लामो कुराकानी मोडेल खबरको पोडकाष्ट चैनल https://www.youtube.com/@ModelKhabar मा हेर्न सकिन्छ ।

