Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेशका ६४ वटै प्रदेशसभा क्षेत्रमा एकैपटक सडकको शिलान्यास गर्दै प्रधानमन्त्री ओली





जनकपुरधाम ।
मधेश सरकार भौतिक पूर्वाधार विकासको दिशामा अघि बढेको छ । सोही अन्तर्गत प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ योजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्न लागेका छन् । प्रधानमन्त्री ओलीले आज एक कार्यक्रमकाबीच जनकपुरधामबाट डिजिटल प्रविधि मार्फत शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
६४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा पाँच–पाँच किलोमिटरको दरले जम्मा ३२० किलोमिटर कालोपत्रे सडक निर्माण गर्ने लक्षयसहितको यो योजना अबको मधेश निर्माणमा सम्भावना र चुनौती दुवै बोकेको बताइएको छ । यो योजनामा औसत रुपमा नौ अर्ब ६० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।