Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

दैनिक २० हजार बढी कण्डम खपत हुने नयाँ दिल्लीको ‘बदनाम’ गल्ली





भारतको राजधानी नयाँ दिल्लीमा एउटा गल्ली छ– जीबी रोड । यसलाई दिल्लीकै ‘बदनाम’ गल्लीका रूपमा कतिपयले लिन्छन् । नयाँ दिल्लीको रेलवे स्टेशन नजिकै अजमेरी गेटदेखि लिएर लाहोरी गेटबिचको इलाकालाई जीबी रोड भनिन्छ । यहाँ करिब २५ भवन छन्, जसमा एक सयभन्दा बढी देहव्यापार केन्द्र छन् ।

यो क्षेत्रलाई ‘रेडलाइट एरिया’ भनेर पनि चिनिन्छ । यहाँ एक हजारभन्दा बढी यौनकर्मीलाई देहव्यापारमा लगाइएको अनुमान छ । केही अघि सार्वजनिक एक रिपोर्ट अनुसार जीबीरोडमा प्रतिमहिना ६ लाख कण्डम प्रयोग हुने गरेको भारतीय सञ्चारमाध्यम ‘आजतक’ले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेको छ ।

जीबी रोडलाई यसअघि गारस्टिन बास्टिन रोडका नामले चिनिन्थ्यो । सन् १९६५ मा यसको नाम परिवर्तन गरेर स्वामी श्रद्धानन्द मार्ग राखिएको थियो । जीबी रोडमा देहव्यापारको इतिहास निकै पुरानो छ । मुगलकालतिर यहाँका विभिन्न क्षेत्रमा ‘रेडलाइट एरिया’ थिए । अङ्ग्रेजको पालामा ती सबैलाई एक ठाउँमा ल्याएर ‘रेडलाइट एरिया’ बनाइयो र उक्त ठाउँको नाम जीबी रोड राखियो ।