Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

राजेन्द्र लिङदेनले भने– हिजो गणतन्त्रको पक्ष विपक्षमा जनमत भयो, अब राजासहितको नविन समझदारी आवश्यक





काठमाडौं ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र र राजतन्त्रको पक्षमा जनता कता छन् भन्ने बारेमा जेठ १५ गते रत्नपार्कमै जनमत संग्रह भएको दावी गरेका छन् ।
राजसंस्था फर्काउने अनिश्चितकालीन आन्दोलनको दोस्रो दिन बिजुलीबजार पुलमा उभिएर पत्रकारसँग कुरा गर्दै लिङ्देनले अब राजासहितको नवीन समझदारीको विकल्प नरहेको दावी गरे ।
उनले भने–राजतन्त्र र गणतन्त्रको बारेमा हिजो एक प्रकारले जनमत संग्रहजस्तै भयो । प्रधानमन्त्रीले नै आह्वान गर्नुभएको गणतन्त्र पक्षको प्रदर्शनमा कुन प्रकारको उपस्थिति थियो र गणतन्त्रको विपक्षमा कुन प्रकारको उपस्थित थियो भन्ने देखियो । म प्रधानमन्त्री र दलका नेताहरुलाई कब्जा गर्छु,नियन्त्रण गर्छु,निस्तेज पार्छु भन्ने जस्ता शब्द प्रयोग गर्नुको साटो वार्ता र सहमति खोज्न आग्रह गर्छु ।
अध्यक्ष लिङ्देनले राजासहितको नवीन समझदारीमा आउन सरकार र दलहरुलाई आग्रह गर्दै आन्दोलन त्यतिन्जेल जारी रहने बताए ।