Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्रदेशका सांसदहरुको ट्रेकसुटका लागि मधेश प्रदेशले ८ लाख खर्चे, जेठ महिनामा जाडोको कपडा बुझेपछि प्रदेश सांसदको चर्को आलोचना





जनकपुरधाम ।
प्रदेश सांसदहरुका लागि किनिएको ट्रेकसुटमा ८ लाख खर्च भएको छ । मधेश प्रदेशसभाका सचिव बासुप्रसाद कोइरालाका अनुसार शुरुमा प्रदेश सांसद र प्रदेशसभाका कर्मचारी सबैलाई ट्रेकसुट दिइने निर्णय गरिएको थियो तर बजेट १० लाख भन्दा बढेपछि प्रक्रिया बढाउन अझ समय लाग्ने भएको देखेर प्रदेश सांसदहरुका लागि नै ट्रेकसुट किनिएको छ ।
जेठ महिनाको पहिलो सातादेखि ट्रेकसुट वितरण भइरहेको छ । जेठको गर्मीमा ट्रेकसुट लिन सांसदहरु तछाड–मछाड गरिरहेका छन् । पुरुष सांसदहरु मात्र नभइ महिला सांसदहरुले पनि ट्रेकसुट लिन पछाडी देखिएको छैन । गर्मी महिनामा सांसदहरुले ट्रेकसुट लिएपछि अहिले सांसदहरुको चर्को आलोचना भइरहेको छ । संघीयताको जननी भन्ने प्रदेशमा कसरी पैसाको दुरुपयोग भइरहेको त्यसको उदाहरण ट्रेकसुट लिने प्रकरणबाट बुझन सकिन्छ ।
केल्मी कम्पनीको सो ट्रेक सुट जाडोका लागि धेरै राम्रो लुगा रहेको ट्रेकसुट बुझेका सांसदहरुले बताएका छन् । नेपालमा उपलब्ध रहेका ट्रेकसुट मध्ये सबैभन्दा महगो यही कम्पनीको ट्रेकसुट भएकाले दर्जनो सांसद यही कम्पनीको ट्रेकसुट मगाउन कर्मचारीहरुलाई आग्रह गरेका थिए । उहाँहरुकै आग्रहमा केल्मीको ट्रेकसुट लिइएको छ ।