Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जेठ २१ गतेदेखि माओवादीको मध्यपहाडी अभियान





काठमाडौँ ।
नेकपा (माओवादी केन्द्र) ले मध्य पहाडी लोकमार्ग केन्द्रित दोस्रो चरणको अभियान जेठ २१ गतेदेखि सुरु गर्ने भएको छ । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बिहान बसेको पदाधिकारी बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।
यस्तै एकता प्रक्रियामा जोडिएका गंगानारायण श्रेष्ठ समूहलाई जिम्मेवारी दिनेबारे निर्णय भएको बताए । पौडेलका अनुसार नेसपाको कार्यकारिणी पदमा रहेकालाई केन्द्रीय सदस्य बनाउने र अन्यलाई साबिक पार्टीमा रहेको जिम्मेवारी अनुसार समायोजन गर्ने निर्णय भएको छ ।
‘मध्य पहाडी जागरण अभियान सञ्चालन गर्ने निर्णय भएको छ । एकता प्रक्रियामा जोडिएका साथीहरूलाई समायोजन गर्ने निर्णय भएको छ । साबिकका पार्टीमा जुन तहमा जिम्मेवारी दिएको त्यहिअनुसार समायोजन गर्ने निर्णय भएको छ’, उनले भने ।
जेठ १२ गते श्रेष्ठ नेतृत्वको नेसपा समूह र नेपाः राष्ट्रिय पार्टीसँग एकता भएको थियो । नेसपाका सह–अध्यक्ष रहेका श्रेष्ठलाई माओवादीले सचिवको जिम्मेवारी दिएको थियो ।