Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

गुजरात र मुम्बई आज पहिलो एलिमिनेटर खेल्दै





एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल) को एलिमिनेटर खेलमा आज शुक्रबार गुजरात टाइटन्स र मुम्बई इन्डियन्स भिड्दै छन् ।
चण्डीगढस्थित महाराजा याधावृन्दा सिंह इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने खेल साँझ पौने ८ बजे सुरु हुनेछ । एलिमिनेटर खेलको विजेताले फाइनलमा पुग्न दोस्रो क्वालिफायर खेल्नेछ ।
दोस्रो क्वालिफायरमा यो खेलको विजेताले पञ्जाव किंग्सको सामना गर्नेछ । पञ्जाव पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स ब्यांग्लोरसँग ८ विकेटले पराजित हुँदै दोस्रो क्वालिफायर खेल्ने भएको हो । एलिमिनेटर खेलमा पराजित हुने टोली उपाधि दौडबाट सिधै बाहिरिनेछ। त्यसैले आजको खेलमा दुवै टोली जितको दबाबमा हुनेछन् ।
गुजरात लिग चरणमा अंकतालिकाको तेस्रो स्थानमा तथा मुम्बई चौथो स्थानमा रहेर एलिमिनेटर खेल्न लागेका हुन् । गुजरात र मुम्बईको पछिल्लो पाँच खेललाई हेर्ने हो भने ४ खेलमा गुजरातले जित निकालेको छ । एक खेल मात्र मुम्बईले आफ्नो पक्षमा पारेको छ ।