Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

ट्रम्पको व्यापार करविरुद्धको आदेश पुनरावेदन अदालतले रोक्यो





एजेन्सी ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको कर लगाउने निर्णयलाई अन्तर्राष्ट्रिय व्यापार अदालतले गैरकानुनी घोषित गरेकोमा अमेरिकी संघीय पुनरावेदन अदालतले उक्त आदेशलाई अस्थायी रूपमा रोक लगाएको छ ।
अमेरिकी अन्तर्राष्ट्रिय व्यापार मामिलाका बनेको म्यानहट्टनस्थितअदालतले बुधबार ह्वाइट हाउसको आपत्कालीन कानुनले राष्ट्रपति ट्रम्पलाई प्रत्येक देशमा कर लगाउने अधिकार नदिएको फैसला सुनाएको थियो । अदालतले अमेरिकी संविधानले अन्य देशहरूसँगको व्यापारलाई नियमन गर्ने विशेष अधिकार कंग्रेस (संसद्) लाई दिएको र राष्ट्रपतिले ‘अर्थतन्त्र सुधार गर्ने मनसाय’ को लागि यी अधिकारहरूमाथि अतिक्रमण गर्न नमिल्ने बताएको थियो ।
ट्रम्प प्रशासनले उक्त निर्णय विरुद्ध पुनरावेदन गरेको थियो । आफ्नो पुनरावेदनमा, ट्रम्प प्रशासनले व्यापार मामिलामा अदालतको फैसलाले महिनौँदेखि चलिरहेको व्यापार वार्तालाई बिथोल्ने खतरा रहेको बताएको छ ।
ट्रम्प प्रशासनले भन्यो, ‘विदेश नीति र आर्थिक नीति अदालतले होइन, राजनीतिक शाखाहरूले बनाउँछन् ।’
संघीय पुनरावेदन अदालतको अन्तरिम आदेश अनुसार, ट्रम्प प्रशासनले सुनुवाइ पूरा नभएसम्म आयात कर सङ्कलन जारी राख्न सक्छ । यस मुद्दाको अर्को सुनुवाइ जुन ५ मा हुनेछ ।