Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

एमालेको प्रदर्शन शुरु, राजावादीले २ बजेपछि प्रदर्शन गर्ने, सुरक्षामा ४ हजार प्रहरी परिचालन





काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गणतन्त्रको विरोधमा शान्तिवाटिका क्षेत्रमा प्रदर्शन गर्दैछ । बिहीबार मध्यान्ह २ बजेपछि प्रदर्शन गर्ने गरी जिल्ला प्रशासन कार्यालय काठमाडौँले राप्रपालाई अनुमति दिएको छ ।
नेकपा (एमाले)ले काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शन गरिरहेको छ । नेकपा (एमाले)ले भृकुटीमण्डप र टुँडिखेल क्षेत्रमा झाँकीसहितको सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको छ । दिउँसो २ बजेसम्म एमालेको प्रदर्शन पूरा गर्नुपर्नेछ ।
सुरक्षा चुनौतीका कारण दुई समूहलाई भेट हुन नदिने गरी सुरक्षा रणनीति तय गरिएको जिल्ला सुरक्षा समितिका एक जना अधिकृतले बताए । राप्रपाले शक्ति प्रदर्शन गर्न खोजेको शान्तिवाटिका क्षेत्रमा ४ हजार प्रहरी परिचालन गर्ने गरी सुरक्षा रणनीति तयार गरिएको छ । सशस्त्र प्रहरीलाई चाहिँ महत्वपूर्ण प्रतिष्ठानको सुरक्षामा परिचालन गर्ने निर्णय गरिएको काठमाडौँ जिल्ला सुरक्षा समितिका अधिकृतहरू बताउँछन् । ती अधिकृत भन्छन्, ‘सशस्त्रलाई विमानस्थल लगायत महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षामा केन्द्रित गरिएको छ ।’
सुरक्षामा खटिएका सशस्त्रको संख्या सार्वजनिक गरिएको छैन । प्रहरीले पनि औपचारिक रूपमा सुरक्षाकर्मीको संख्या सार्वजनिक गरेको छैन । काठमाडौँका एसएसपी विश्व अधिकारी भन्छन्, ‘आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ ।’
समाचार तयार गर्दासम्म राप्रपाका समर्थकहरू सिफल क्षेत्रमा भेला हुन थालेका छन् । प्रदर्शन केन्द्रित ट्राफिक व्यवस्थापनका लागी करिब ८ सय ट्राफिक प्रहरी परिचालन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले बताए ।
प्रदर्शन सुरु भएसँगै आवश्यकता अनुसार सवारी डाइभर्ट गरिने गिरीले बताए । उनले भने, ‘सडकमा प्रदर्शनकारीको संख्या धेरै भएमा वा कुनै झडपको अवस्था आएमा सवारी डाइभर्ट गर्ने गरी कार्ययोजना बनाएका छौँ ।’