Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

आन्दोलन छोडेर राप्रपाका सांसदहरु बजेट भाषणमा सहभागी हुने





काठमाडौँ ।
राजावादी समूहले बिहीबार राजधानीको शान्तिबाटिका क्षेत्रमा तय गरेको आन्दोलनमा राप्रपाका सांसदहरू केहीबेर मात्रै सहभागी हुने भएका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता पशुपति शमशेर राणा, उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतका नेताहरू आन्दोलनमा केहीबेर सहभागी भएर संसद बैठकमा सहभागी हुने भएका हुन् ।
संसदीय दलका प्रमुख सचेतक समेत रहेका ज्ञानेन्द्र शाहीले आफूहरू आन्दोलनका साथै संसद बैठकमा पनि सहभागी हुने बताए ।
राप्रपा समेत सहभागी राजावादी समूहको आन्दोलन दिउँसो २ बजेदेखि सुरु हुँदैछ । तर, ३ बजेदेखि संघीय संसदमा आर्थिक वर्ष २०८२÷०८३ को बजेट भाषण हुनेछ । सोही बजेट भाषणमा सहभागी हुनका लागि पार्टीका सांसदहरू बीचमै आन्दोलन छाडेर संसद बैठकमा सहभागी हुन लागेका हुन् ।
‘हाम्रो सहभागिता वारिपारि नै रहन्छ । आन्दोलनमा केहीबेर सहभागी भएर बजेट भाषण पनि सुन्न जान्छौँ’, शाहीले भने । प्रतिनिधिसभामा राप्रपाका १४ जना सांसद छन् ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले संसदीय मोर्चामा रहेका नेताहरू ३ बजेअघिसम्म आन्दोलन सहभागी हुने र त्यसपछि संसदमा जाने बताए । त्यसपछि सांसद नरहेका नेताहरूको कार्यक्रममा सहभागिता रहने उनको भनाइ छ ।
वर्तमान व्यवस्थाको विरोधमा राजावादीले ‘संयुक्त जनआन्दोलन समिति’को अगुवाइमा बिहीबारदेखि आन्दोलन सुरु गरेका हुन् । समितिमा राप्रपा, राप्रपा नेपालसहितका राजावादी तथा हिन्दुवादी संघसंस्थाहरु रहेको राप्रपाका प्रवक्ता सगुन लावतीले जानकारी दिए । हिन्दुराष्ट्र र राजसंस्थाको पुनस्र्थापना, संघीयताको खारेजी, भ्रष्टाचारको अन्त्यलगायतको माग राखेर अनिश्चितकालीन आन्दोलन गर्न लागिएको उनको भनाइ छ ।