Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बजेट प्रस्तुत गर्नुअघि मन्त्रीपरिषद बैठक बस्दै





काठमाडौँ ।
आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्नुअघि आज (जेठ १५) दिउँसो मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ । आजै दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा दुवै सदनको संयुक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने कार्यक्रम छ ।
त्यसको एक घण्टाअघि मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो। मन्त्रिपरिषद् बैठकले सम्भवतः बजेट पास गर्नेछ ।