Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सभामुखसंगको छलफलमा सहमतिपछि पनि प्रतिपक्षीहरुले गरे संसद बैठक बैठक अवरोध





काठमाडौं /
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा पनि प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् ।
बैठकअघि प्रमुख सचेतक र सचेतकहरूसँग सभामुख देवराज घिमिरेले गरेको छलफलमा संसद् बैठक चल्न दिने सहमति भएको थियो । तर प्रतिपक्षीको अवरोधका कारण बैठक अघि बढ्न सकेन ।
बैठक सुरू हुनेबित्तिकै नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका सांसदहरूले उभिएर अवरोध गरेका हुन् । त्यसपछि सभामुख देवराज घिमिरेले आधा घण्टालाई स्थगित गरेका छन् ।
मंगलबार पनि प्रतिपक्षीको अवरोधपछि बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको थियो । छलफलपछि बैठक अहिले दिउँसो १ बजे बसेको हो ।
सत्तापक्ष र प्रतिपक्षबीच गृहमन्त्री रमेश लेखकबारे सहमति जुट्न नसकेका कारण ढिलो बसेको बैठकमा पनि अवरोध भएको हो ।
सभामुख देवराज बुधबारको बैठकमा गृहमन्त्रीले बोल्न समय मागेकाले वातावरण बनाइदिन आग्रह गरेका छन् । तर प्रतिपक्षी दलहरूले उभिएर निरन्तर विरोध जनाइरहेका छन् ।