Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

गृहमन्त्री लेखकको राजिनामा नआउने र छानविन समिति पनि नबन्ने कांग्रेसको भनाई





काठमाडौं ।
नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखक राजीनामा नआउने र उनीमाथि छानबिन समिति पनि नबन्ने बताएको छ ।
सत्ता साझेदार नेपाली कांग्रेस र एमालेको बालुवाटार बैठक सकेर निस्किएका कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले गृहमन्त्री लेखकको राजीनामा नआउने बताए । उनले लेखकमाथि छानबिन समिति गठन हुन नसक्ने बताए ।
‘के छानबिन गर्ने ? गृहमन्त्रीमाथि प्रश्न नै उठेको छैन । किन छानबिन समिति बनाउने ?,’ घिमिरेले भने, ‘कर्मचारीमाथि प्रश्न उठ्दा गृहमन्त्रीको किन छानबिन हुने ? राजीनामा गर्नुपर्ने कारण के छ ? यो कुरा साँच्चै भन्ने हो भने मन्त्रीले जवाफ दिने पनि होइन ।’
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक मुछिएको भन्दै प्रतिपक्ष दलले उनको राजीनामा मागेका छन् ।