Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सीमावर्ती व्यापारका विषयमा जयनगरका व्यापारी नेताहरुले गरे मुख्यमन्त्री सिंहसंग छलफल





जनकपुरधाम ।
भारतको सीमावर्ती कन्फीड्रेसन अफ अल इण्डिया ट्रेडर्स जयनगरका प्रतिनिधिहरुले मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहसंग छलफल गरेका छन् । जनकपुरधाम आइपुगेका कन्फीड्रेसन अफ अल इण्डिया ट्रेडर्स जयनगरका अध्यक्ष प्रीतम बरोलिया सहितको प्रतिनिधि मण्डलले मुख्यमन्त्री सिंहसंग छलफल गरेका हुन् ।
मुख्यमन्त्री सिंहसंगको छलफलमा प्रतिनिधि मण्डलले सीमावर्ती क्षेत्रमा देखिएको व्यापार समस्या सहितको विषयमा छलफल भएको थियो । यसका साथै द्विपक्षिय आर्थिका हित तथा रामायण सर्किट र सीता सर्किटको विषयमा समेत छलफलका क्रममा विषय उठान भएको जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष निर्मल चौधरीले जानकारी दिए ।
जनकपुरधाम उद्योग वाणिज्य संघको सभाकक्षमा भएको छलफलमा जनकपूरधाम उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी लगायतका व्यापारी नेताहरुको समेत सहभागिता रहेको थियो ।