Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्रहरीले झुठो बयान लेखेको राजावादीहरुको आरोप, दुर्गा प्रसाईलाई जनकमाण्डरबाट नहटाइने





काठमाडौं ।
संयुक्त जनआन्दोलन समितिले तीनकुने घटनामा आरोपीहरूमाथि प्रहरीले मुद्दा दायर गर्दा बयानमै छलकपट गरेको आरोप लगाएको छ । पक्राउ परेका राजावादीहरू कसैले पनि एक–अर्काविरुद्ध बयान नदिएको दाबी समितिका प्रवक्ता स्वागत नेपालले गरे ।
प्रहरीले दायर गरेको अभियोग पत्रमा दुर्गा प्रसाईँले राप्रपाका नेताहरूलाई र राप्रपा नेताहरूले प्रसाईँलाई दोष देखाएर बयान दिएको उल्लेख छ । प्रसाईँले राप्रपा नेताहरूले कार्यक्रममा ढुंगा हान्न लगाएको भनेर बयान दिएको समाचार समेत मिडियाहरूमा आएका छन् ।
यस्तै, राप्रपाका नेताहरू रवीन्द्र मिश्र र डा. धवलशम्शेर राणाले आफूहरू अतिथिका रूपमा मात्र सहभागी भएको भन्दै हिंसा भड्किएको सबै दोष प्रसाईँमाथि लगाएको दाबी प्रहरी प्रतिवेदनमा गरिएको छ ।
यस विषयमा समिति प्रवक्ता नेपालले आपत्ति जनाए । प्रहरीले बोल्दै नबोलेका कुरा आफैं लेखेर बयानमा राखेको उनको भनाइ छ ।
‘मैले हिरासतमा र अदालतमा सबैसित भेटेर कुराकानी गरेको छु । कसैले पनि एक अर्कालाई दोष दिएका छैनन् । प्रहरीले कसैलाई ३२ बुँदा देखाएर ४२ वटामा त कसैलाई ३६ वटा देखाएर ४६ बुँदामा हस्ताक्षर गराएको रहेछ । थपिएका बुँदाहरू प्रहरीले नै लेखेका हुन् । कसैले चाहिँ हामीलाई डरधाक देखाएर सही गराएको पनि भन्नुभयो । एक पटकमा एक जनालाई कोठाभित्र थुनेर फलानोले तँलाई यस्तो भनेको छ है भनेर उक्साउने काम पनि गरेको पाइयो । यो सबै बदमासीका विषयमा अदालतमा एकदम राम्रोसँग बहस पैरवी हुनेछ,’ उनले भने ।
तीनकुने घटनाका मुख्य जिम्मेवार मानिएका दुर्गा प्रसाईँ संयुक्त जनआन्दोलन समितिका पनि जनकमाण्डर हुन् । तीनकुने आन्दोलन भने प्रसाईँकै संस्था नागरिक बचाउ महाअभियानको नेतृत्वमा भएको थियो, जसलाई पछि जनआन्दोलन समितिले पनि अपनत्व लियो ।