

काठमाडौं ।
प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले गृहमन्त्रीको राजीनामा माग गरेको छ ।
मंगलवार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र बहादुर शाहीले गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए ।
‘राप्रपाको संसदीय दलको बैठकले नैतिकताका आधारमा गृहमन्त्रीको राजीनामा माग गर्ने निर्णय गरेको छ,’ उनले भने ।
बैठकले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति बारे संसदमा जवाफ दिनुपर्ने माग गरेको छ । ‘प्रधानमन्त्रीले नेपालको संविधानको ठाडो उल्लंघन गर्दै जेठ १५ गते हुने राप्रपा लगायत दलहरू मिलेर हुने प्रदर्शनलाई हिंसा भड्काउने अभिव्यक्ति दिनुभएको छ, प्रधानमन्त्रीसँग त्यो अभिव्यक्तिको जवाफ माग्ने,’ संसद बैठकको निर्णय बारे जानकारी दिंदै शाहीले भने ।
