Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रामबहादुर बम्जन सम्पति शुद्धीकरण मुद्दामा कारागार चलान





जनकपुरधाम ।
रामबहादुर बम्जन पुनः कारागार चलान भएका छन् । बम्जनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालत सर्लाहीले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।
न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको सर्लाही जिल्ला अदालतका सूचना अधिकारी सिकिन्दर कापरले जानकारी दिए । उनी दोस्रोपटक पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।
सोमबार साँझ अदालतको आदेश बमोजिम बम्जनलाई राति नै सर्लाही सदरमुकाम मलंगवास्थित कारागारमा चलान गरिसकिएको प्रहरीले जनाएको छ । बम्जनमाथि गत फागुन ५ गते अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएको थियो ।
बम्जनविरुद्ध यसअघि सर्लाही जिल्ला अदालतले आनिमाथि यौन दुराचार मुद्दामा २०८१ असार १० गते १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय तोकेको थियो । उच्च अदालत जनकपुरले गत चैत ६ गते सर्लाही जिल्ला अदालतको फैसला उल्ट्याउँदै बम्जनलाई कारागारमुक्त गरेको थियो ।
मुद्दा सुनुवाइको क्रममा ’लिटिल बुद्ध’का नामले चिनिने विवादित बम्जनका अनुयायीहरु जिल्ला अदालत अगाडि भेला भएका थिए ।