Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मुम्बईलाई हराउँदै पञ्जाब क्वालीफायरमा, मुम्बईले एलिमनेटर खेल्नुपर्ने





एजेन्सी ।
मुम्बई इन्डियनविरुद्ध सात विकटको जित निकाल्दै पन्जाब किङ्स इन्डियन प्रिमियर लिग (आईपएिल)को पहिलो क्वालिफायरमा प्रवेश गरेको छ ।
सुरुमा ब्याटिङ गरेको मुम्बईले दिएको १८५ रनको लक्ष्य पछ्याएको पन्जाबले ९ बल बाँकी रहँदा तीन विकेटको क्षतिमा १८७ रन बनाएको हो । पन्जाबको जितमा प्रियांश आर्य र जोस इङ्लिसले दोस्रो विकेटका लागि गरेको १०९ रनको साझेदारी महत्त्वपूर्ण साबित भएको थियो ।
जोस इङ्लिसले ४२ बलमा ७३ तथा आर्यले ३५ बलमा ६२ रन जोडे । यी दुवैलाई माइकल सान्टनरले आउट गरे। जसप्रित बुमराहले चार ओभरमा २३ रन खर्चेर एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले सात विकेटको क्षतिमा १८४ रनको योगफल खडा गरेको थियो । मुम्बईका लागि सूर्यकुमार यादवले ५७ रनको योगदान गरे । ३९ बलको सामना गरेका उनको पारीमा ६ चौका र दुई छक्का समावेश थियो ।
कप्तान हार्दिक पाण्डेले १५ बलमा २६ तथा नमन धिरले १२ बलमा २० रन जोडे । विजयी पन्जाब क्वालिफायरमा प्रवेश गर्दा मुम्बईले इलिमिनेटर खेल्ने पक्का भएको छ ।
लिग चरणको अन्तिम खेल लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर बंगलोरुका बीचमा हुनेछ । सो खेलमा बंगलोरु विजयी भएमा क्वालिफायर प्रवेश गर्नेछ भने लखनउ विजयी भएमा गुजरात टाइटनले पहिलो क्वालिफायर खेल्नेछ ।