Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

धोनी भन्छन– आइपीएलको आगामी सिजनबारे ४/५ महिनापछि निर्णय लिन्छु





एजेन्सी ।
चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीले अबको ४/५ महिनापछि आफ्नो भविष्यको बारेमा निर्णय गर्ने बताएका छन् । पाँच पटकको च्याम्पियन चेन्नई जारी सिजन अंक तालिकाको पुछारमा रहेर आईपीएलको यात्रा सकाएको छ । लिगको आफ्नो अन्तिम खेलमा गुजरात टाइटन्सलाई ८३ रनले हराउँदै चेन्नईले आईपीएलको सुखद अन्त्य गरेको थियो ।
आईपीएलको १६ संस्करणमा चेन्नईले पहिलोपटक अंक तालिकाको पुछारमा रहेर लिग सकाएको हो । तालिकाको पुछारमा रहेर आईपीएलको अन्त्य गरेपछि चेन्नईका कप्तान धोनीले अबको चार÷पाँच महिनापछि आगामी सिजनको बारेमा निर्णय गर्ने बताएका हुन् ।
उनले भने, ‘अब म आफ्नो गृहनगर राँची फर्केपछि केही महिना बाइक राइडमा समय बिताउनेछु, त्यसपछि मात्र आईपीएलको अर्को सिजन के गर्ने भन्ने बारेमा निर्णय गर्नेछु ।’ चेन्नईले गुजरातलाई हराएपछि धोनीले आईपीएलको अर्को सिजन के गर्लान् भन्ने प्रश्नमा उनले केही समय लियर बाँकी यात्राका बारेमा निर्णय गर्ने बताएका छन् ।
‘आईपीएलको अर्को सिजन के गर्ने भनेर निर्णय गर्नका लागि मसँग प्रशस्त समय छ । त्यसैले हतार गरेर निर्णय लिन आवश्यक छैन’, उनले भनेका छन् । धोनी आगामी जुलाईमा ४४ वर्ष पुग्छन्। आईपीएल २०२६ को सिजनमा धोनी ४५ वर्ष नजिक हुनेछन् ।
उनले भने, ‘हरेक वर्ष शरीरलाई तन्दुरुस्त राख्न १५ प्रतिशत बढी प्रयास हुनेछ । यो शीर्ष स्तरको क्रिकेट भएकाले तपाइ सँधै उत्कृष्ट हुनुपर्छ । यदि प्रर्दशनको हिसाबले क्रिकेटरले सन्यास लिन थाले भने केहीले २२ वर्षको उमेरमा संन्यास लिन्छन् ।’ आफूले सकियो पनि नभनेको र फर्केर आउँछु पनि नभनेको उनले उल्लेख गरेका छन् । ‘मसँग प्रशस्त समय भएकाले निर्णय लिन हतार गर्दिनँ’, उनले भनेका छन् ।