Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

५ हजार ३ सय मिटरमाथि अध्ययन् टोलीले भेटायो ३ हिमताल





काठमाडौँ ।
हुम्लाको नाम्खा गाउँपालिका—६, तिलगाउँमा गएको बाढी पहिरोबारे अध्ययन गर्न गएको प्राविधिक टोलीले तीन वटा हिमताल पत्ता लगाएको छ ।
पछिल्लो पटक अध्ययन गर्न गएको प्राविधिक टोलीले ५ हजार ३ सय ५० मिटर उचाइमा तीन वटा हिमताल रहेको पत्ता लगाएको हो । यसअघि स्थानीय युवाहरूले दुई वटा हिमताल भेटिएको बताएकामा अध्ययन टोलीले तीन वटा भएको पुष्टि गरेको हो ।
साथै उक्त अध्ययन टोलीले हिमतालहरूको विषयमा अध्ययन गरिरहेको अध्ययन टोलीका सदस्य शिवकुमार बास्कोटाले जानकारी दिए ।
अध्ययन टोलीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशील कुमार श्रेष्ठ, खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिष्ट शिवकुमार बास्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिष्ट सौहाद्र जोशी छन् ।
यही जेठ १ गते राती बाढी र सुख्खा पहिरोका कारण तल्लो तटीय क्षेत्र नाम्खा गाउँपालिका–६ तिल गाउँका १८ घरका ३२ जना परिवार विस्थापित भएका थिए । हिमताल फुटेकाले बाढी आएको आशंका गरिएको छ ।
बाढी र पहिरोले बस्ती जोखिममा परेपछि स्थानीयहरू गाउँभन्दा केही पर एक विद्यालयमा आश्रय लिइरहेका छन् ।