Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मनसुन सक्रिय भएपछि भारतको ३ राज्यमा रेड एलर्ट जारी





एजेन्सी ।
औसत मितिभन्दा झन्डै एक हप्ताअघि नै मनसुन भित्रिएको भारतका तीन राज्यमा भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले ‘रेड अलर्ट’ जारी गरेको छ ।
भारतका तीन दक्षिण राज्यहरू– कर्नाटक, केरला र तमिलनाडुमा मे २६ मा भारी वर्षा हुने चेतावनी जारी गरिएको हो । साथै भारतीय मौसम विभागले राजस्थानमा भीषण गर्मी हुने चेतावनी पनि जारी गरेको छ । साथै बिहार, मध्य प्रदेश र महाराष्ट्रमा पनि तेज हावासँगै वर्षा हुने अनुमान गरिएको छ ।
आईएमडीले आगामी दिनमा दक्षिणपश्चिम मनसुन मध्य अरब सागरका केही थप भाग, महाराष्ट्र, कर्नाटक, आन्ध्र प्रदेश, तमिलनाडु, बंगालको खाडी र उत्तरपूर्वी राज्यका केही थप भागमा अगाडि बढ्न अनुकूल अवस्था रहेको जानकारी पनि गराएको छ ।
भारतीय प्रान्त केरलामा मनसुन भित्रिने औसत मिति यही मे ३० तारिख भए पनि मे २४ कै दिन भित्रिसकेको छ । यस आधारमा यस वर्ष नेपालमा पनि औसत मितिभन्दा अगाडि नै मनसुन प्रवेश गर्ने सम्भावना देखिएको मौसमविद्ले बताएका छन् ।