Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मिथिलाञ्चलमा बरसाइत पर्वको महत्व र कथा

‘सावित्री’ जसले धर्मराजबाट जितेकी थिइन् पतिको प्राण





जनकपुरधाम ।
मिथिलाञ्चलमा सोमबार बटसावित्री अर्थात बरसाइत पर्व मनाइदै छ । विवाहित महिलाहरुले मनाउने यो पर्वलाई लिएर बरको बोट भएको ठाउँमा महिलाहरुको पूजाका लागि भीड़ लागेको छ । पर्वमा महिलाहरु नयाँ साड़ी, साया, ब्लाउज, लहठी, श्रृंगारका समानका अतिरिक्त पूजाको सामाग्री किन्ने गर्छन । नव विवाहित महिलाहरुका लागि यस पर्वमा बेहुलाको घरबाट पूजाको सामाग्रीका अतिरिक्त पाहुर समेत आउने गर्छ ।
वटसावित्री पर्वलाई नारीत्व रक्षा, सन्तान प्राप्तिमा सहयोग गर्ने पर्वको रुपमा लिइने गरिन्छ । मिथिला संस्कृतिमा यो पर्व आदर्श नारीत्वको प्रतीक बनेको छ । यो पर्व मिथिलाञ्चलमा प्रत्येक वर्ष ज्येष्ठ महिनाको औँसी तिथिमा मनाइने गरिन्छ ।
हिन्दु धर्ममा पीपलको बोट जस्तै बरको बोटको पनि उत्तिकै महत्व रहेको छ । पुराणहरुमा स्पष्ट भनिएको छ बरको बोटमा भगवान ब्रह्मा, विष्णु र महेशको वास हुन्छ । यस वृक्ष मुनी बसेर पूजा, व्रत कथा आदि सुन्दा मनोकामना पूर्ण हुने जनविश्वास रहेको छ । बरको बोट आफ्नो विशालताका लागि प्रसिद्ध छ । सम्भवतः वनगमनमा ज्येष्ठ महिनाको कडा घामबाट रक्षाका लागि बरको बोट मुनि पूजा गरिएको हुन सक्ने र पछि यही धार्मिक परम्पराको रूपमा विकसित भएको हुन सक्ने अनुमान गरिन्छ ।
दार्शनिक दृष्टिबाट बरको बोट दीर्घायु तथा अमरत्व बोधको प्रतीकको रुपमा स्वीकार गरिएको छ । बरको बोट ज्ञान र निर्वाणको पनि प्रतीक मानिएको छ । भगवान बुद्ध यही वृक्ष मुनी ज्ञान प्राप्त गरेका थिए । बरको वृक्ष मुनी पतिको दीर्घायुकालागि पूजा गर्नु यस पर्वको अंग बनेको छ । महिलाहरुले व्रत पूजा गरी कथा सुनेर बरको वृक्षमा सूतीको धागो बाँध्ने गर्छन । जनकपुरधाम ४की मिक्की झा भन्छिन मैले यो पर्वको तयारी केही दिन अगावै देखि शुरु गरेकी थिए । उनले बरको बोटमा सूतीको धागो बाँध्नाले पतीको आयु बढ्ने जनविश्वास अनुरुप धागो बाँध्ने गरिएको बताइन् । अन्य पर्व झैँ यो पर्वलाई लिएर म पनि उत्साहित छु उनले भनिन ।
कथा
बरसाइत पर्वलाई सावित्री तथा सत्यवानको कथासंगै जोडिएको छ । सावित्रीलाई हिन्दु संस्कृतिमा ऐतिहासिक चरित्र मानिएको छ । सावित्रीको अर्थ वेद माता गायत्री र सरस्वती पनि हो । सावित्रीको जन्म समेत विशिष्ट परिस्थितिमा भएको थियो । उनको जन्मलाई लिएर ग्रन्थहरुमा भनिएको छ भद्र देशको राजा अश्वपतिलाई सन्तान थिएन ।
उनले सन्तान प्राप्तिका लागि मंत्रोच्चारणका साथै प्रतिदिन एक लाख आहुति दिने गर्थे । १८ बर्षसम्म यो क्रम जारी रह्यो । त्यसपछि सावित्रीदेवी प्रकट भएर राजालाई आशिर्वाद दिए ’राजन तपाई लाई एक तेजस्वी कन्या सन्तानको रुपमा प्राप्त हुनेछ । सावित्रीदेवीको कृपाबाट जन्म लिएका कारण सो कन्याको नाम सावित्री नै राखियो ।
सावित्री असाध्यै सुन्दर र गुणवान थिइन । योग्य बेहुला नपाएका कारण पिता एकदमै दुःखी थिए । उनले आफ्नो छोरी सावित्रीलाई आफै बेहुला खोज्न पठाए । सावित्री तपोवनमा गइन । त्यहाँ साल्व देशका राजा द्युमत्सेन पनि वास गर्थे । उनको राज्यमाथि अर्को राजा कब्जा गरि सकेका थिए । उनकै छोरा सत्यवानलाई देखेर सावित्री पतिको रुपमा स्वीकार गरि सकेकी थिइन् ।
सत्यवान अल्पायु थिए । यद्यपी सत्यवान वेदका ज्ञाता थिए । नारद मुनिले सावित्रीलाई भेटेर सत्यवानसँग बिहे नगर्न सल्लाह समेत दिए । पतिको मृत्युको दिन नजिकिएपछि सावित्रीले घोर तपस्या गरिन । तपस्याको तथा सतीत्वको शक्तिबाट आफ्नो् पतिलाई रक्षा गर्न सफल भइन ।
सावित्रीकै कारण यो पर्वलाई आदर्श नारीत्वको प्रतीकको रुपमा स्वीकार गरियो । बरसाइत पर्वमा सत्यवान सावित्रीका साथै यमराजलाई पूजा गर्ने गरिन्छ । सावित्री यही व्रतको माध्यमले आफ्नो पतिलाई धर्मराजबाट जितेकी थिइन ।