Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी बीच आज पार्टी एकता हुँदै





काठमाडौं ।

नेकपा माओवादी केन्द्र र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) बीच आज पार्टी एकता हुँदैछ । पार्टी एकता घोषणा कार्यक्रम ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा बिहान ११ः३० बजे सुरु हुने छ ।

गत निर्वाचनमा महिन्द्र राय यादव नेतृत्वको नेसपाका उम्मेदवार माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचन लडेका थिए । त्यतिबेलै दुई दलबीच पार्टी एकताको सहमति भएको थियो । तर अध्यक्ष यादव एकताका लागि पछि हटेको भन्दै सहअध्यक्ष श्रेष्ठ अघि बढेका हुन् ।

आइतबार ललितपुरस्थित एकान्तकुनामा बसेको नेसपा केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी केन्द्रीय समिति पुनर्गठन गरी सहध्यक्ष गंगानारायण श्रेष्ठलाई संयोजक तोक्ने निर्णय गरेको थियो ।

२९ जना केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना र १६० जना केन्द्रीय समिति सदस्यमध्ये ९९ जना आफ्नो पक्षमा रहेको श्रेष्ठको दाबी छ ।