Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

तीनकुने घटनामा प्रहरीको अनुसन्धानमा परेका १०८ मध्ये ३४ जनाविरुद्ध मुद्दा नचलाइने





काठमाडौं ।
गत चैत १५मा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा अनुसन्धानको दायरामा परेका १०८ जनामध्ये ३४ जनाविरुद्ध मुद्दा नचल्ने भएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले झण्डै दुई महिना लामो अनुसन्धान गरेर उनीहरुलाई मुद्दा चलाउनुपर्ने स्थिति नदेखिएको भन्दै मुद्दा नचलाउने राय सरकारी वकिलको कार्यालयमा पठाएको हो ।
१०८ जनामध्ये ९० जना पक्राउ परेका थिए भने १८ जना फरार थिए । उनीहरुविरुद्ध राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव, संगठित अपराध र कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा लगिएको छ ।
‘संलग्नता अनुसार फरक–फरक मुद्दा चलाइएको छ, दुर्गा प्रसाईंको हकमा कर्तव्य ज्यान समेत छ’, एक अधिकारीले भने, ‘अधिकांशलाई म्याद थपिए अनुसारकै कसुरमा मुद्दा अघि बढ्दैछ ।’
प्रहरीले अनुसन्धान सकेर गएको बिहीबार रायसहितको प्रतिवेदन बुझाएको थियो । त्यसको अध्ययन गरेर आइतबार जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गर्ने तयारी गरिएको सरकारी वकिलको कार्यालयका सूचना अधिकारी चन्द्रप्रसाद सञ्जेलले बताए ।
यो प्रकरणमा पक्राउ परेका राप्रपा नेता धवलशमशेर राणा, रवीन्द्र मिश्रलगायत हाजिर जमानतमा छुटिसकेका छन् ।
चैत १५ मा राजावादी समूहले गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा २ जनाको मृत्यु भएको थियो भने २० जनालाई प्रहरीको गोली लागेको थियो । दर्जनौं घाइते भएका थिए ।
घटनास्थलबाट भागेका प्रदर्शनका ‘जनकमाण्डर’ दुर्गा प्रसाईंलाई प्रहरीले भारतको आसाममा पक्राउ गरेर ल्याएको थियो ।