Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

वनका टोलीद्वारा धनुषाको क्षीरेश्वरनाथमा छापामारी, काठ चोर पक्राउ

मनोहर साहको फर्निचर उद्योगमा छापामारी गरि साल जातको काठ बरामद





जनकपुरधाम ।
साइकलमा लोड गरी काठ चोरी गरिरहेको बेला वनका टोलीले धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा छापामारी गरी एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इच्छापुर बस्ने नरेश मण्डल रहेको डिभिजन वन कार्यालय धनुषाका डिएफओ विनोद सिंहले बताएका छन् ।  क्षीरेश्वरनाथ नगरपालिका ६ स्थित पर्वता–सखुवामहेन्द्रनगर सडक खण्डको प्लाइउड फैक्ट्री नजिक जलाइधखोलाबाट सखुवातर्फ बिहान ५ बजे टोली अनुगमनमा गएको बेला काठ चोरलाई पक्राउ गरिएको छ ।
मण्डल लामो समयदेखि काठ चोरी एवं तस्कारीमा संलग्न रहेका थिए । मण्डलसँग रहेका साइकल १ थान साल जातको गोलिया काठ १ थान बरामद गरिएको छ । यसैबीच क्षीरेश्वरनाथ नगरपालिका ६ बाख्रा बजार नजिक संचालन गरेका साइनवोर्ड नभएका मनोहर साहको फर्निचर उद्योगमा पनि छापामारी गरिएको छ ।
कर्मचारीहरुको टोलीले फर्निचरमा छापामारी गरी ३ तिन दशमलव ५ क्यूफिट साल जातको काठ बरामद गरिएको छ ।
जनकपुरधाम सव डिवका प्रमुख मनिष लामिछाने र डि व का कमाण्डर वैजनाथ सिंह समेतको टोली छापामारीमा संलग्न रहेका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरीका जवानहरु प्नि टोलीमा रहेका थिए ।