Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भिजिट भिसा प्रकरण र गृहमन्त्रीबारे छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक





काठमाडौँ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएका छन् । सोमबार बिहान ९ बजे आफ्नै निवास बुढानीलकण्ठमा बस्नेगरी देउवाले पदाधिकारी बैठक बोलाएका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए । एक पदाधिकारीले बैठकको मुख्य विषय भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक मुछिएपछि अब के गर्ने भन्ने छलफल गर्ने रहेको जानकारी थिए । ‘मुख्य विषय भिजिट भिसा प्रकरणमा गृहमन्त्री ज्यू मुछिएपछि के गर्ने भन्ने हो ? बैठक बसेपछि त अन्य विषय पनि भइहाल्छन्,’ ती पदाधिकारीले भने ।
बैठकमा क्रियाशील सदस्यता नवीकरणबारे क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक गगन थापाले पाटी पदाधिकारीलाई ब्रिफिङ गर्नेछन् । मुख्यसचिव पौडेलले महामन्त्री थापाले क्रियाशील सदस्यता नवीकरणको अवस्थाबारे बैठकमा जानकारी गराउने बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार गृह मन्त्रालय अन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तीर्थराज भट्टराईलाई कार्यालयमा छापा मारेर नियन्त्रणमा लिएर उनका डिभाइस जफत गरेपछि शङ्काको सुई गृहमन्त्री लेखकसम्म पुगेको छ ।