Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

गृहमन्त्री रमेश लेखकको अभिव्यक्तिले मधेसमा तरंग, के मधेस सरकार परिवर्तन हुँदैछ ?





जनकपुरधाम ।
मधेश प्रदेशमा सरकारको नेतृत्व नेपाली कांग्रेसले लिनुपर्ने माग पुनः चर्चा शुरु भएको छ । गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले शुक्रबार मधेश प्रदेश सरकारको नेतृत्व आफ्नो पार्टीले पाउनुपर्ने आशयसहितको अभिव्यक्ति दिएप्छि फेरी चर्चा चुलिएको हो ।
शनिबार जनकपुरमा पार्टीको मधेस प्रदेश कार्यसमितिको विशेष बैठकमा गृहमन्त्री लेखकले भने, ‘मधेश प्रदेशको सरकार पनि हामीले पालोपालो नेतृत्व गर्ने समझदारी भएको हो, परिवर्तन हुन्छ । कांग्रेसको लामो समयदेखि सरकार नबनेको गुनासो सही हो ।’
गृहमन्त्री लेखकको यो भनाइ नयाँ होइन । केन्द्रका शीर्ष नेताहरू मधेश प्रदेश पुगेका बेला बारम्बार यस्तै अभिव्यक्ति दिँदै आएका छन् । मधेशका कार्यकर्ताले सरकारमा कांग्रेसको उपस्थिति नहुनुमा असन्तोष पोखेपछि नेताहरूले त्यस्तो प्रतिक्रिया दिने गरेका छन् ।
पार्टीका महासचिव विश्वप्रकाश शर्माले समेत यसअघि सिरहाको लहानमा आयोजित कार्यक्रममा कांग्रेसले मधेश सरकारको नेतृत्व लिनुपर्ने र आलोपालोको सहमतिअनुसार कांग्रेसको पालो आइसकेको बताएका थिए । उनले जनमत पार्टी नेतृत्वको प्रदेश सरकार जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै वैकल्पिक सरकारको आवश्यकता औंल्याएका थिए ।
‘जनमतले साथ नदिए पनि कांग्रेस, एमाले र लोसपाको सहकार्यमा सजिलै सरकार गठन गर्न सकिन्छ,’ शर्माले भनेका थिए ।
यस्तै, गगन थापा, शेखर कोइरालालगायत अन्य शीर्ष नेताहरूले पनि मधेश सरकारको नेतृत्वबारे पटक–पटक आवाज उठाएका छन् । नेताहरूको यस्ता अभिव्यक्तिले मधेश प्रदेशका कांग्रेसी नेताहरूमा आशा पलाए पनि नेतृत्व भने पाउन सकेका छैनन् ।
२०८१ असारमा कांग्रेस–एमालेबिचको गठबन्धनपछि मधेश प्रदेशको नेतृत्व जनमत पार्टीलाई छ । सहमतिअनुसार केही समयपछि कांग्रेसले नेतृत्व गर्ने भनिएको भए पनि एक वर्षभन्दा बढी भइसक्दा पनि जनमत पार्टीले सरकार छाडेको छैन । जसका कारण कांग्रेसमा असन्तुष्टि देखिएको हो ।
गृहमन्त्री लेखकले कांग्रेसका प्रदेश नेताहरूको गुनासोपछि सरकार परिवर्तन चाँडै हुने संकेत दिएका हुन् । प्रदेशदेखि केन्द्रसम्मका नेताहरूले जनमत नेतृत्वको सरकारले अपेक्षित विकास नगरेको आरोप लगाइरहेका छन् ।