Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सुनसरीको बराहक्षेत्रमा गोली चल्यो, एक जना घाइते





सुनसरी ।

गाँजा कारोबारी नियन्त्रणमा लिनका लागि प्रहरीले सुनसरीको बराहक्षेत्रमा गोली चलाएको छ । शनिबार बेलुका करिब ८ बजे बराहक्षेत्र नगरपालिका–३ मा कालिन्द्र सामुदायिक बन क्षेत्रमा ३ राउण्ड गोली चलाएको हो ।

गोली लागेर एक जना घाइते भएका छन् । प्रहरीले चलाएको गोली बराहक्षेत्र नगरपालिका – ३ का ५५ वर्षीय रामप्रसाद लिम्बू घाइते भएका हुन् । उनको दाहिने तिघ्रामा गोली लागेको छ । उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।

शंकास्पद बोरा बोकेर हिडिरहेकाहरुलाई प्रहरीले रोक्न खोज्दा लिम्बूले खुकुरी प्रहार गर्न खोजेका थिए । अन्य भने बोरा छाडेर भागेका थिए । खुकुरी प्रहार गर्न खोजेपछि आत्मरक्षाका लागि गोली चलाएको सुनसरी प्रहरी प्रमुख सुमन तिम्सिनाले जानकारी दिए । घटनाको अनुसन्धान भइरहेको उनले बताए ।