Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

शुभमन गिल बने भारतको नयाँ टेस्ट कप्तान

उपकप्तानमा रिषभ पन्त





नयाँ दिल्ली ।

युवा ब्याटर शुभमन गिल भारतीय टेस्ट टोलीको नयाँ कप्तान नियुक्त भएका छन् । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आगामी इंग्ल्याण्ड भ्रमणका लागि टोली घोषणा गर्दा गिलले कप्तानको जिम्मेवारी पाएका हुन् ।

टोलीको उपकप्तानमा रिषभ पन्त छन् । त्यस्तै बाँयाहाते पेस बलर अर्शदीप सिंह पहिलोपटक टेस्ट टोलीमा समावेश भएका छन् ।

२५ वर्षीय गिल भारतका लागि टेस्टमा कप्तानी गर्ने पाँचौं कान्छा हुन्। यसभन्दा अघि मन्सूर अली खान पटौदी, सचिन तेन्दुलकर, कपिल देव र रवि शास्त्री यो सूचीमा छन्।

यसअघि पूर्वकप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यास लिएपछि नयाँ कप्तान चयन गरिएको हो । यसै महिना रोहितपछि अर्का स्टार ब्याटर विराट कोहलीले सन्यास लिएका थिए । रविचन्द्रन अश्विनले यसअघि नै टेस्ट क्रिकेटबाट सन्यास लिएका छन्।

हाल आईपीएलमा गुजरात टाइटान्सको कप्तानी सम्हालेका गिलले दोस्रो सिजनमै टिमलाई प्लेअफसम्म पुर्‍याएका थिए। यद्यपी, उनीसँग प्रथम श्रेणी क्रिकेटमा कप्तानीको अनुभव धेरै छैन।

भारतको १८ सदस्यीय टोलिमा करुण नायर, शार्दुल ठाकुर र साई सुदर्शन पनि समावेश छन्। तर अनुभवी पेस बलर मोहम्मद शामी भने टोलीबाट बाहिर छन्।

इंग्ल्याण्ड भ्रमणका लागि भारतको १८ सदस्यीय टीम –
शुभमन गिल (कप्तान), ऋषभ पंत (उप–कप्तान÷विकेटकीपर), यशस्वी जायसवाल, केएल राहुल, साईं सुदर्शन, अभिमन्यु ईश्वरन, करुण नायर, नीतीश कुमार रेड्डी, रवींद्र जडेजा, ध्रुव जुरेल (विकेटकीपर), वॉशिंगटन सुंदर, शार्दुल ठाकुर, जसप्रीत बुमराह, मोहम्मद सिराज, प्रसिद्ध कृष्णा, आकाश दीप, अर्शदीप सिंह र कुलदीप यादव ।

भारत विरुद्ध इंग्ल्याण्ड टेस्ट सीरीजको शेड्यूल –
पहिला टेस्ट – २० देखि २४ जून २०२५ – हेडिंग्ले, लीड्स

दोस्रो टेस्ट – ०२ देखि ०६ जुलाई २०२५ – एजबेस्टन, बर्मिंघम

तेस्रो टेस्ट – १० देखि १४ जुलाई २०२५ – लॉड्र्स, लंदन

चौथो टेस्ट – २३ देखि २७ जुलाई २०२५ – ओल्ड ट्रैफर्ड, मैनचेस्टर

पांचो टेस्ट – ३१ जुलाई देखि ०४ अगस्त २०२५ – द ओवल, लंदन