Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जेठको गर्मीमा मधेश प्रदेशसभाबाट ट्रेकसुट(जाडोका लुगा) बुझदै प्रदेश सांसदहरु





सुजीतकुमार झा
जनकपुरधाम ।
मधेश प्रदेशसभाबाट प्रदेश सांसदहरुले अहिले ट्रेकसुट बुझीरहेका छन् । जेठको गर्मीमा ट्रेकसुट लिन सांसदहरु तछाड–मछाड गरिरहेका छन् । पुरुष सांसदहरु मात्र नभइ महिला सांसदहरुले पनि ट्रेकसुट लिन पछाडी देखिएको छैन । लोसपाका प्रदेशसभामा प्रमुख सचेतक रहेका रमिता प्रधानले शुक्रबार ट्रेकसुट लगेका छन् ।
केल्मी कम्पनीको सो ट्रेक सुट जाडोका लागि धेरै राम्रो लुगा रहेको ट्रेकसुट बुझेका सांसदहरुले बताएका छन् ।
गर्मीमा जाडोका लुगा वितरण गरेपछि मधेश प्रदेशसभा र प्रदेश सांसदहरुको निकै आलोचना भइरहेको छ । केही वर्ष अघि धनुषाको नगराइन नगरपालिकाले गर्मीमा गरीबहरुलाई कम्बल वितरण गरेपछि देशभरीका मिडियाले आलोचनात्मक समाचार बनाएका थिए । हास्यव्यंग्यको कार्यक्रममा पनि नगराइनको कम्बल प्रसंग केही वर्ष सम्म स्थान पाएको थियो ।
प्रदेश सांसदहरुले फेरी देशमा अर्को बहस ल्याउने भएर आफू ट्रेकसुट नलिएको नाम नछाप्ने सर्तमा एकजना प्रदेश सांसदले बताए । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ ख का सांसद दीपेन्द्र ठाकुरले अहिले काठमाडौंमा रहेकाले ट्रेकसुट वितरण भइरहेको जानकारी नरहेको तर गर्मीमा जाडोको लुगा वितरण कार्य गर्नु त्यति उपयुक्त नरहेको जस्तो मलाइ लागि रहेको छ बताउनुभयो । गतवर्ष एउटा बैंग दिएको थियो एक हजार जस्तो पर्ने सो बैगको बिल लिएर पनि आलोचना भएको उहाँले बताउनुभयो । अहिले ट्रेकसुटको वितरण गर्ने समयलाई लिएर आलोचना भइरहेको छ ।
यसपाली ट्रेकसुटको कति बिल बनाएको सम्बन्धमा प्रदेश सभाका सचिव बासुप्रसाद कोइरालासँग पटक–पटक मोबाइलमा फोन गरेपनि उहाँले मोबाइल उठाउनु भएन ।
माघ महिनामा प्रदेशसभाको वार्षिकोत्सवमा ट्रेकसुट दिने निर्णय भएको थियो, ट्रेकसुट जनकपुरधाम ल्याउनमा ढिलो भएकाले जाडोबाट गर्मी आएको प्रदेशसभाका एकजना कर्मचारीले बताए । उहाँ ट्रेकसुट वितरणसँग आबद्ध रहेका छन् । मधेश प्रदेश सभामा १०७ जना सांसद रहेका छन् । सबैका लागि ट्रेकसुट प्रदेशसभाले किनेको छ । सो ट्रेक सुटमा लाखो रुपैया खर्च भएको छ ।

मधेशमा फाइदाका लागि सत्तापक्ष र विरोधी दल पनि एक हुने गर्छन् त्यसको उदाहरण जोडोको कपडा गर्मीमा वितरण हुँदा पनि कसैले चुइसम्म बोलेको छैन । कुनै विरोधका स्वरहरु आइरहेको छैन । नेपालीमा एउटा उखान रहेको छ अजब काशी गजब नेपाल । देशमा मात्रै कहाँ हो र ! यो प्रदेशमा हरेको कुरो गजबै भइरहेको छ एकजना विश्लेषकले बताए ।