

जनकपुरधाम ।
जनकपुरधाम वडा नं–२३ विन्धी निवासी आशु यादवको विभत्स हत्या भएपछि शोकमा डुबेको उनकी आमा र परिवारजनलाई श्री हरि मानव कल्याण मञ्च द्वारा २१ हजार ५ सय ५ नगद रुपैयाको भावनात्मक आर्थिक सहयोग प्रदान गरिएको छ ।
मञ्चले जनकपुरधामको विभिन्न व्यक्तिसँग चन्दा उठाइ सहयोग गरेको जानकारीसो संस्थाका अध्यक्ष दिपक श्रेष्ठ मण्डलले दिएका छन् ।
सहयोग दिन पुगेका टोलीले सहानुभूति प्रकट समेत गरेका छन् ।

