Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

३ महिनामा ७४ महिला तथा किशोरी बलात्कृत





जनकपुरधाम ।

पछिल्लो तीन महिनामा देशभर ७४ जना महिला र किशोरी बलात्कारमा परेका छन्। महिला पुनर्स्थापना केन्द्र (ओरेक) को प्रतिवेदन अनुसार, माघदेखि चैत २०८१ सम्म अभिलेखित ३१७ वटा महिला हिंसासम्बन्धी घटनामध्ये २३ प्रतिशत बलात्कारका रहेका छन्।

बलात्कृतमध्ये ५१ प्रतिशत पीडित १८ वर्षभन्दा कम उमेरका बालिका तथा किशोरी हुन्। प्रतिवेदनमा उल्लेख गरिएअनुसार पीडकमध्ये सबैभन्दा बढी १८ देखि २५ वर्ष उमेर समूहका किशोर तथा युवा रहेका छन्।

बलात्कारका घटनामा ५४ प्रतिशतमा श्रीमान, छिमेकी वा आफन्त जस्ता आफन्तवत् मानिने व्यक्तिहरू संलग्न छन्। विशेषगरी घरभित्रै हुने यस्ता घटनाले पीडितलाई कानुनी उजुरी दिन समेत कठिन बनाइरहेको देखिएको केन्द्रकी अध्यक्ष सविता पोखरेलले बताइन् ।