Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्रहरीले अनुसन्धान गरेको ७ वटा सम्पत्ति शुद्धीकरण मुद्दा अदालतमा





काठमाडौँ ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाको अनुसन्धान गर्ने अधिकार पाएसँगै प्रहरीले थालेको सम्पत्ति शुद्धीकरण सम्बन्धी ७ वटा मुद्दाको अनुसन्धान पुरा गरेको छ । पछिल्लो १ वर्षमा ७ वटा सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन बुझाइएको प्रहरी प्रवक्ता (एसएसपी) रमेश थापाले बताए । शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा थापाले भने, ‘पछिल्लो १ वर्षमा ७ वटा सम्पत्ति शुद्धीकरण मुद्दा अदालतमा दर्ता भएको छ ।’

केन्द्रीय अनुसन्धान ब्युरो सहितका कार्यालयमा २३ वटा मुद्दा अनुसन्धानको प्रक्रियामा रहेको थापाले बताए । उनले भने, ‘अन्य निकायबाट पनि अनुसन्धानको लागी फाइल पठाउने काम भइरहेको छ ।’

सम्पत्ति शुद्धीकरण निवारण ऐन २०८० चैत ३० मा संशोधन गरेसँगै प्रहरीले सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान जिम्मेवारी पाएको थियो । ऐन संशोधनसँगै अनुसन्धान र अभियोजन गर्ने निकायलाई ‘सम्बद्ध कसुरसँग’ जोडिए मुद्दा चलाउन पाउने अधिकार दिइएको हो ।