

जनकपुरधाम ।
गृहमन्त्री रमेश लेखकले मधेश र देशमा अपराधको बढ्दो ग्राफकालागि लागुऔषध मुख्य जिम्मेबार रहेको बताएका छन् । जनकपुरधाममा संघिय र प्रदेश गृहमन्त्रालयद्वारा आयोजित प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उदघाटन गर्दै गृहमन्त्री लेखकले देशभरी नै अपराध बढ्नुमा लागु औषधले भूमिका खेलिरहेको बताए ।
उनले लागु औषधका साथै सवारी दुर्घटना, आत्महत्या र साइबर क्राईम अत्याधिक अपराध हुने श्रेणीमा रहेको बताउँदै अपराधको मुख्य जरा लागुऔषध नै रहेको बताए । उनले मधेशको आठवटै जिल्लाको भुगोल, परिवेश, बोलिभाषा सहज र एकनाश भएकाले अपराध नियन्त्रण र शान्ति सुरक्षाकालागि सहज हुने बताए ।
नेपाल भगौलिक रुपमा जतिवेला पनि विपदको जोखिममा रहेकाले त्यसै अनुसारको सुरक्षाको योजना अपरिहार्य रहेको बताए । भुकम्प जतिवेला पनि आउन सक्ने, मौसम अनुसार बाढी पहिरो, कटान, लु, लेक, आगलागीको जोखिम रहेकाले हरहमेशा सोको सामना गर्न तयारी अवस्थामा रह्नुपर्ने गृहमन्त्री लेखकको भनाई थियो ।
गोष्ठीमा मधेशका मुख्यमन्त्री सतिश कुमार सिंह र गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले मधेश सरकार मातहत प्रहरी प्रशासन ल्याउन ढिलाई भइरहेको प्रति ध्यानाकर्षण गराउँदै त्रिपाल र झोपडीमा सुरक्षाकर्मी बसेर सेवा प्रदान गरिरहेको तर्फ ध्यान दिन संघिय सरकारलाई आग्रह गरेका थिए ।
