Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

दाहसंस्कार गर्ने तयारी चलिरहेकै बेला प्रहरीले बालिकाको शव नियन्त्रणमा लिएपछि….





काठमाडौँ ।
संखुवासभाको भोटखोला गाउँपालिका–४ सिप्प्रङकी ६ वर्षीया एक बालिकाको शव दाहसंस्कार गर्ने तयारी भइरहेका बेला प्रहरीले शवसहित अभिभावकलाई समेत नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाको टोलीले गोपाल तामाङकी छोरी युनिकाको शव विहीबार नियन्त्रणमा लिएर जिल्ला अस्पतालको शवगृहमा राखेको हो ।
गत वैशाख ३० गते गोपाल तामाङ र उनकी भाइबुहारी कल्पनाबीच घरायसी विवादमा झगडाको क्रममा कल्पनाले भतिजी युनिकालाई डिलबाट धकेलेर लडाएको आरोप छ । लडेर घाइते भएकी युनिकाको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा जेठ ७ गते मृत्यु भएको थियो ।
उनको शव दाहसंस्कारको लागि नोबेल अस्पतालबाट घर ल्याउँदै गर्दा विहीबार प्रहरीले नियन्त्रणमा लिएर शवलाई जिल्ला अस्पतालमा राखेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी इन्सपेक्टर अभिषेक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार घटनाको अनुसन्धानका लागि युनिकाका बुवा गोपाल र भाइबुहारी कल्पनालाई नियन्त्रणमा लिइएको छ । उनीहरुमाथि अनुसन्धानका लागि आज अदालतमा उपस्थित गराएर म्याद लिने तयारी छ ।