Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सुर्खेत विमानस्थलको धावनमार्गमा जमिनमुनिबाट एकाएक पानी निस्किएपछि…





सुर्खेत ।

वीरेन्द्रनगरस्थित सुर्खेत विमानस्थलको धावनमार्गमा जमिनमुनिबाट पानी निस्किएको छ । जसका कारण मंगलबारदेखि उक्त विमानस्थलबाट उडान ठप्प बनेको छ ।

विमानस्थल प्रमुख हिराजन काफ्लेले मंगलबार उत्तरतर्फ रहेको धावनमार्गमा एकाएक खाल्डो परेको बताए ।  उक्त खाल्डो पुर्ने काम भइरहेको वेला सोही दिन पुनः नजिकै जमिनमुनिबाट पानी निस्किन थालेको उनको भनाइ छ ।

‘पानी निस्किएसँगै विमानस्थल बन्द गरिएको छ । शनिबारसम्म सबै काम सक्नेगरी काम भइरहेको छ,’ काफ्लेले बिहीबार रातोपाटीसँग भने, ‘त्यसपछि मात्रै हवाई सेवा पुनः सञ्चालन हुन्छ ।’

अहिले पानी देखिएको स्थानलाई पुर्ने काम भएपनि भौगर्भिक अनुसन्धान गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

‘के कारण आयो, त्यो त भौगर्भिक अध्ययनले देखाउला,’ उनले भने, ‘भासिएको छ, माथितिर डाँडाकाँडा र वरपर खोला पनि छन् । तल सतहमा पानी रहेछ, खोतल्दा त्यो देखियो ।’

विमानस्थल बन्द हुँदा हाल हवाई यात्राका लागि नेपालगन्ज पुग्नुपर्ने सिर्जना भएको छ ।

अहिले भासिएको क्षेत्रमा धावनमार्ग विस्तार गर्ने तयारी पनि छ । तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पालामा विस्तार कार्यअघि बढ्दा स्थानीय जनप्रतिनिधि, वीरेन्द्रनगरका राजनीति दलका नेता तथा स्थानीयहरूले सहयोग नगरेपछि विस्तार कार्य रोकिएको थियो ।

उक्त धावनमार्ग विस्तारका लागि केन्द्र र प्रदेश सरकारले करोडौँ रकम विनियोजन गरेका थिए । तर विस्तार कार्य अघि बढाउन नदिइएपछि स्थगित गरिएको थियो ।

यद्यपि पछिल्लो पटक त्यही धावनमार्गलाई विस्तार गर्नुपर्नेतर्फ मुख्यमन्त्री यामलाल कँडेल लगायत नेता तथा स्थानीयहरू सहमत देखिन्छन् । तर, मुआब्जा वितरणदेखि विस्तार कार्यका लागि ठुलो बजेट आवश्यक पर्ने भएकाले स्रोत सुनिश्चितता हुन भने समस्या भएको देखिन्छ ।