Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

निजामति कर्मचारी ऐनको विरोधमा सामान्य प्रशासन मन्त्रालय अगाडी कर्मचारीहरुको धर्ना





काठमाडौँ ।
निजामती कर्मचारीहरूले प्रस्तावित निजामती कर्मचारी ऐनमा आफ्ना मागहरू नसमेटिएको भन्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मूल गेटमा धर्ना दिइरहेका छन् ।
ऐन बन्नलाई १० वर्ष लाग्ने बनाउनका लागि प्रस्तावित ऐनका व्यवस्थामा २० वर्षसम्म एक पदबाट माथिल्लो पदमा बढुवा नहुने अवस्था रहेकाले त्यसको निराकरण गर्नका लागि दबाब दिन शान्तिपूर्ण धर्ना दिइएको निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य प्रकाश खातीले जानकारी दिए ।
निजामती विधेयकमा अहिले रहेको प्रणालीगत त्रुटि र प्रणालीगत असफलतालाई निराकरण गर्ने कुनै विषय नसमेटिएको उनीहरूको भनाइ छ । धर्नामा सबै कर्मचारी सङ्गठनका प्रतिनिधिहरू रहेका खातीले जानकारी दिए ।
खातीले उच्च प्रशासकीय अभिभावकहरू आत्म केन्द्रित भइदिँदा आम कर्मचारीका माग र मुद्दाहरू कमजोर भएका बताए ।
निजामती कर्मचारी विधेयक प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले पारित गरेर प्रतिनिधिसभामा पेस गर्ने तयारी भइरहेको छ ।