Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्ले अफमा मुम्बई





मुम्बई  ।

मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्लेअफमा पुग्ने चौथो टोली बनेको छ । मुम्बईले बुधबार निर्णायक खेलमा दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित गर्‍यो । १३ खेलमा मुम्बईको १६ अंक भएको छ । १ खेल खेल्न बाँकी रहेको अवसमा मुम्बईले दिल्लीलाई ३ अंकले पछाडि पारेको छ ।

गुजरात टाइटन्स १८ तथा रोयल च्यालेन्जर्स बेङलुरु (आरसीबी) र पञ्जाब किंग्स समान १७ अंक बटुल्दै यसअघि नै प्लेअफमा पक्का भइसकेका छन् ।

सूर्यकुमार यादवले ४३ बलमा अविजित ७३ रन बनाएपछि पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ८० रन बनायो । सूर्यकुमार र नमन धीरले अन्तिम २ ओभरमा ४८ रन जोडे । सूर्यकुमारले ७ चौका र ४ छक्का तथा धीरले ८ बल खेली समान २ चौका र छक्का प्रहार गरी अविजित २४ रन बनाए ।

जबाफमा आएको दिल्ली १८.२ ओभरमा १ सय २१ रनमा अलआउट भयो । मिचेल सान्टनर र जस्प्रित बुमराहले ३–३ विकेट लिए । दिल्लीबाट समीर रिज्भीले ३५ बलमा ६ चौका र १ छक्का प्रहार गरी ३९ तथा विपराज निगमले २० रन बनाए ।