Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भाजपा नेता जोलीको दाबी: नेपालका ८१.२ प्रतिशत जनता हिन्दू राष्ट्र चाहन्छन्





काठमाडौँ ।

भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जोलीले नेपालमा ८१.२ प्रतिशत जनता हिन्दू राष्ट्र चाहेको दाबी गरेका छन्। नेपाल भ्रमणमा रहेका नेता जोलीले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेपाली जनतामा हिन्दू राष्ट्रका लागि गहिरो भावना रहेको बताएका हुन्।

चारदिने भ्रमकण क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसहित शीर्ष नेतालाई भेटेको बताउँदै उनले भने,’ नेपालका ८१.२ प्रतिशत जनताले हिन्दू राष्ट्र चाहन्छन्। म त्यसमा साथ दिन तयार छु।’

उनले जनताको भावनाअनुसार नेताहरूले पनि पुन:विचार गर्ने विश्वास आफूले लिएको बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चारवर्षअघिको अभिव्यक्तिलाई पनि सम्झिए। त्यसबेला ओलीले ठोरीमा भगवान रामको जन्म भएको बताएका थिए। भारतीयहरूले उक्त अभिव्यक्तिमाथि आलोचना गरेका थिए।

नेपाल–भारत सम्बन्धबारे कुरा गर्दै उनले विगतका घटनाहरूलाई स्मरण गरे। ‘भूकम्पको बेला भारतले सबैभन्दा पहिला सहयोग गर्‍यो। नेपालले भारतलाई पीडा पर्दा साथ दिएको छ,’ उनले भने । पहालगाममा भएको आतङ्कवादी हमलापछि नेपालले भारतप्रति ऐक्यबद्धता जनाएको घटनाको चर्चा गर्दै जोलीले प्रधानमन्त्री केपी शर्मा ओलीले १२ घण्टाभित्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरी समर्थन जनाएको कदम महत्त्वपूर्ण रहेको बताए।

भारतको अयोध्यामा राम मन्दिर बनेपछि स्थानीय आर्थिक विकासमा सहयोग पुगेको बताउँदै उनले भने, ‘त्यस्तो विकास नेपालमा पनि सम्भव छ, यदि सांस्कृतिक आत्मपहिचानलाई सम्मान गरियो भने,’ पहलगाम आतङ्कवादी हमलाबारे टिप्पणी गर्दै उनले भने, ‘२६ निर्दोष व्यक्तिलाई धर्मको आधारमा मारिएको थियो। ओसामा बिन लादेनलाई अमेरिकाले खोजेर समाप्त पारेजस्तै नरेन्द्र मोदीले पहलगाम आक्रमणमा संलग्न आतंककारीहरूलाई समाप्त पार्नुहुन्छ ।’

उनी इन्स्टिच्युट फर पब्लिक पोलिसी एन्ड पार्टनरसिपको निमन्त्रणामा चार दिने भ्रमणमा आएका हुन्। नेपालमा रहँदा उनले राष्ट्रपति रामचन्द्र पौडेल, विभिन्न दलका शीर्ष नेताहरूसँग भेट गरेका छन्।