Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

दक्षिण एशियामा सबैभन्दा बढी बिग्रिने मोबाइल वालेट बन्यो इसेवा





काठमाडौं ।
नेपालको डिजिटल वालेट इसेवा दक्षिण एशियाकै सबैभन्दा बढी बिग्रिने मोबाइल वालेट बनेको छ । एक बर्षमा एक दर्जन पटक बिग्रिएर इसेवाले यस्तो रेकर्ड राखेको हो । इसेवाले यस्तो रेकर्ड राखेसँगै नेपालको अन्तराष्ट्रिय स्तरमै बेइज्जत भएको छ । केहि समय ह्याकरको नियन्त्रणमा पुगेर इसेवा कम्पनीकै एक्सेसमा आईसकेको भए पनि वालेट लगइन नै नहुने र कारोबार नहुने समस्या देखिएको छ । यस अघि पनि इसेवा ११ पटक बिग्रिसकेको छ ।
लाखौं प्रयोगकर्ताको संवेदनशील तथ्यांक र पैसा भए पनि नियामक नेपाल राष्ट्र बैंकले यस विषयमा खासै चासो देखाएको देखिंदैन । यद्यपी आज भने इसेवालाई राष्ट्र बैंकले वालेट किन नचलेको भन्दै मौखिक स्पष्टिकरण सोधेको छ । जवाफमा इसेवाले वालेटमा समस्या देखिएको र समाधानका लागि टिमले काम गरिरहेको जवाफ दिएको छ । राष्ट्र बैंकले यस विषयमा लिखित विवरणसमेत माग्ने तयारी गरेको छ ।
यता सिष्टममा समस्या आएकै कारण दिनानुदिन ठुलो संख्यामा अनइन्स्टल भईरहेको इसेवालाई एक लाख बढीले अनइन्स्टल गरेको इसेवाका एक उच्च तहका प्राविधिकले जानकारी दिए । यद्यपी इसेवा ह्याक भएको विषयमा इसेवाले जानकारी दिन चाहेको छैन ।
यसअघि इसेवाको माउ कम्पनी एफवानसफ्टकै बैंक खातासमेत ह्याक भएको थियो । ह्याकरले ह्याक गरी करोड बढी रकम एफवान सफ्टको खाताबाट चोरेर लागेको थियो । आज इसेवामा ह्याकर प्रवेश गर्दा प्रयोगकर्ताको रकम गायब भएको छ कि छैन भन्ने विषयमा इसेवाले अनुसन्धान सुरु गरिसकेको छ । इसेवा बिग्रनु नियमित जस्तै भएपछि कम्पनीले यस विषयमा जानकारीसमेत दिन छोडेको छ । यसअघि इसेवाले वालेटमा समस्या आएको जानकारी दिने गरेको थियो ।