Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पाकिस्तानमा १ करोड १० लाख मानिस खाद्य असुरक्षाको जोखिममा





इस्लामावाद ।

पाकिस्तानमा करिब १ करोड १० लाख मानिस खाद्य असुरक्षाको जोखिममा रहेको छ ।

२०२४ को नोभेम्बरदेखि २०२५को मार्चसम्म पाकिस्तानमा उच्च स्तरको खाद्य असुरक्षा कायम रहेको खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले आफ्नो पछिल्लो प्रतिवेदनमा उल्लेख गरेको छ। प्रतिवेदनमा एक करोड १० लाख मानिसहरूले असुरक्षाको सामना गर्ने अनुमान गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको यो संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा बलुचिस्तान, सिन्ध र खैबर पख्तूनख्वाका बाढी प्रभावित ६८ वटा ग्रामीण जिल्लाहरूमा २२ प्रतिशत जनसङ्ख्या तीव्र खाद्य असुरक्षामा पर्ने उल्लेख छ ।

प्रतिवेदनले चरम मौसमको असरले नागरिकको जीविकोपार्जनमा नकारात्मक प्रभाव पर्ने जनाउँदै अघिल्लो वर्षको तुलनामा केही सुधार देखिए पनि अवस्था अझै गम्भीर रहेको जनाएको छ ।

जलवायुजन्य प्रकोप र खाद्य अभावका कारण कुपोषणको अवस्था अझ गम्भीर बन्न सक्ने भन्दै प्रतिवेदनले चेतावनी दिएको छ । छ महिनादेखि पाँच वर्षसम्मका २१ लाख बालबालिकामा कुपोषण देखिएको छ ।

कमजोर आहार, खाद्य अभाव, चिसो मौसम, महँगो मूल्य, कामको अभाव र बजारसम्म पुग्न नसक्ने अवस्थाका कारण समस्या झनै बढेको छ ।