Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मैथिली, भोजपुरी र बज्जिकालाई मात्रै कामकाजी भाषा बनाउन ध्यानाकर्षण





जनकपुरधाम ।
विभिन्न संघ संस्थाले मैथिली, भोजुरी र बज्जिकालाई मात्रै मधेसको कामकाजी भाषा बनाउनुपर्ने माग गरेको छ । विभिन्न १५ वटा संघ संस्थाले संयुक्त रुपमा मुख्यमन्त्री सतिश सिंहलाई मैथिली, भोजुरी र बज्जिकालाई मात्रै कामकाजी भाषा बनाउने गरी प्रदेशसभामा छलफल प्रकृया अगाडी बढाउन माग गर्दै ध्यानाकर्षण गराएको हो ।
यसअघि प्रदेशको कामकाजी भाषा सम्बन्धि विधेयक विवादित भएपछि प्रदेशसभाबाट फिर्ता लिइएको थियो । सो विधेयकमा मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजीलाई मधेसको कामकाजी भाषा बनाउने व्यवस्था गरिएको थियो ।
मधेसको कामकाजी भाषा तोक्न प्रदेश सरकारले फेरी विधेयक ल्याउन लागेको हो । अब प्रदेश सरकार फेरी सो विधेयक ल्याउने तयारी गरेको र विधेयकमा फेरी भाषा आयोगको सिफारिशलाई ध्यानमा नराखिएको भन्दै ती संघ संगठनहरुले ध्यानाकर्षण गराएका हुन् ।