Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मकवानपुरको गैरीगाउँस्थित सडकमा भासिएर बेपत्ता गाडीको केही पार्टपुर्जा भेटियो





काठमाडौं ।

मकवानपुरको गैरीगाउँस्थित सडकमा भासिएर बेपत्ता भएको गाडीको पार्टपुर्जा फेला परेको छ ।

१९ वैशाखमा हेटौंडा उपमहानगरपालिका-१६ स्थित गैरीगाउँमा ना४च ४८३३ नम्बरको माछा बोक्ने गाडी सडकमा भासिएर बेपत्ता भएको थियो ।

२३ वैशाख र २ जेठमा खानी तथा भूगर्भ विभाग काठमाडौंको टोलीले घटनास्थल पुगेर सो क्षेत्रको अध्ययन गरेको थियो । नारायण अधिकारीको नेतृत्वमा विभागको ४ सदस्यीय टोलीले घटनास्थलको भू-बनोट भूमिगत जलस्रोत, चुम्बकीय क्षेत्र लगायत विषयमा अध्ययन गरेको थियो । अध्ययनपछि उक्त टोलीले सो स्थानको माटोको नमुना लिएर फर्केको थियो ।

मंगलबार वडाध्यक्ष रामकृष्ण कोइरालाले क्रेन र एक्साभेटरको सहयोगमा बेपत्ता गाडीको खोजतलास सुरु गरेका थिए ।

खोजतलासको क्रममा गाडीको केही पार्जपुर्जा फेला परेको उनले बताए ।

‘माथिल्लो निकायले बेपत्ता भएको गाडी खोज्न खासै चासो दिएन । गाडी फेला नपर्दा पीडितमाथि झनै पीडा थपियो । पीडितको पीडा देख्न नसकेका कारण आफ्नै सक्रियतामा ठूलो उपकरण मगाएर आजदेखि खोजतलास सुरु गरेको थिएँ । एस्काभेटरले दुई चरणमा खन्दा झन्डै १० मिटरमुनि गाडीको केही पार्टपुर्जा फेला परेको छ,’ वडाध्यक्ष कोइरालाले भने ।

जमिनमा भासिएर बेपत्ता भएको गाडीको टायर, ढोका लगायत अन्य पार्टपुर्जा फेला परेको उनले बताए । केही पार्टपुजा फेला परेसँगै गाडी भासिएकै स्थानको पहिचान भएको र पीडितलाई पनि राहत मिलेको उनको तर्क छ ।