

सुजीतकुमार झा
जनकपुरधाम ।
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले जीवनमा धर्मपत्नी बीनाको आगमन टर्निगं प्वाइन्ट बनेको बताउनुभयो । बिहे कसैसँग हुन्थ्यो तर जीवनसंगिनीको रुपमा घर परिवारदेखि मेरो व्यवस्थापनमा जुन कला देखाउनुभयो त्यसले एउटा पतिको रुपमा आफू धन्य भएको उहाँको कथन थियो ।
सहमहामन्त्री यादवको आज वैवाहिक वर्षगांठ रहेको छ । वैवाहिक वर्षगांठको सन्दर्भ पारेर उहाँ र उहाँका धर्मपत्नी बीना यादवसँग मोडेल खबरले प्रेम चर्चा गरेको छ । विवाहको चर्चादेखि, विहे र जीवनमा घटेका सानो ठूलो कुरा दूबैजना खुलेर बताउनुभयो । विहेभन्दा पहिला बीनासँग महेन्द्रको कहिले भेट भएको पनि दूबैजनाले बताउनुभयो । पहिल भेटको रोमाञ्चको विषयमा पनि उहाँ दूबैजनाले बताउनु भयो ।
महेन्द्र र बीनाको जीवनमा चियाको कनेक्सन पनि रोमाञ्चक रहेको छ । बिहे गर्न जानेबेला महेन्द्रले किन मौर्य र माला लगाउनु भएन ? स्वयम्बरको बेला लुगामा हिलो देखेपछि उहाँको मनमा के आएको थियो ? बीना रिसाएपछि उहाँलाई सहमहामन्त्रीले कुन मिठाइ खुवाउनुहुन्छ ? जस्ता धेरै कुराहरु केहीबेरमा मोडेल खबरको पोडकाष्ट चैनल https://www.youtube.com/@ModelKhabar मा सुन्न एवं हेर्न सकिन्छ ।

