

काठमाडौं ।
मंगलबार सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिनकै मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँसम्म पुगेको थियो । उच्च मूल्यबाट हालसम्म करिब १३ हजार रुपैयाँ घटेको छ ।
मंगलबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९४५ रुपैयाँ रहेको चाँदी आज १९४० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
