Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनमत पार्टी भित्र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुबाट उठाइएको रकममा अनियमितता, शुल्क उठाउन बन्द





काठमाडौँ ।
डा.सिके राउत नेतृत्वको जनमत पार्टीभित्र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूबाट उठाइएको रकममा अनियमितता देखिएपछि शुल्क उठाउन बन्द गरिएको छ । सो पार्टीको हालै मात्र बसेको केन्द्रीय सचिवालयको बैठकले गैरआवासीय मधेसी संघ (एनआरएमए)मा अब कुनै प्रकारको लेवी वा शुक्ल नउठाइने निर्णय गरेको हो ।
जनमत पार्टीले विगतमा विदेशमा रहेका आफ्ना समर्थक तथा सदस्यहरूबाट लेवी, शुल्क तथा चन्दा सङ्कलन गर्दै आएको थियो । सो रकमबाट पार्टी सञ्चालनदेखि काठमाडौँमा होटल खरिद गरिएको र विभिन्न स्थानमा घरजग्गा जोडिएको खुलासा भएपछि पार्टीभित्र आन्तरिक विवाद चुलिएको छ ।
यसै सन्दर्भमा पार्टीले उपाध्यक्ष दीपक साह र कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई कारबाही गरेको छ । कोषाध्यक्ष यादवमाथि मुद्दा चलाइएपछि उनी केही समय थुनामा परेका थिए भने हिजो पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । आर्थिक पारदर्शिता र पार्टीभित्र शुद्धीकरण अभियान स्वरूप सबै किसिमका आर्थिक सङ्कलन बन्द गरिएको पार्टी स्रोतले जनाएको छ ।
यही निर्णयको प्रभाव गैरआवासीय मधेसी संघ (एनआरएमए) मा पनि परेको छ । हालै डा.सीके राउतको प्रमुख आतिथ्यतामा बसेको संघको अन्तर्राष्ट्रिय समितिको बैठक र त्यसपछि भएको सचिवालयको निर्णयअनुसार अब कुनै पनि देशमा रहेका सदस्यहरूसँग लेवी वा सदस्यता शुल्क लिने कार्य पूर्ण रूपमा बन्द गरिएको छ । कार्ड छपाइ खर्चबाहेक अन्य शुल्क लिने नीतिमा पूर्णविराम लगाइएको जनमत पार्टीका केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलले बताए ।
साथै, सदस्यताको विवरण अद्यावधिक गर्न समेत आह्वान गरिएको छ । नागरिकताको विवरणअनुसार नाम, जिल्ला, पालिका र वडा उल्लेख गरी सदस्यता फर्म बुझाउनुपर्ने व्यवस्था गरिएको छ । प्रमुख मण्डलकाअनुसार सदस्यता सूचीमा समावेश नभएका नेताहरू जनमत पार्टीको कुनै समिति वा तहको वा नेपाल सरकारको कुनै निर्वाचनमा पार्टीको तर्फबाट भाग लिन पाइने छैन ।