Breaking 
रविन्द्र मिश्रलाई ३ लाख धरौटीमा छोड्ने आदेश | गृहका १७ सहसचिव र उपसचिवको सरुवा, १० जिल्लाका सीडीओ हेरफेर (सूची) | प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित | त्रिविको सिनेट २२ असारमा, नीति तथा कार्यक्रम र बजेट पेस हुने | हाम्रो मागलाई सुनिदिनुपर्‍यो : रास्वपा पार्टीका प्रवक्ता एवं सांसद मनिष झा | धरानका मेयर-उपमेयरबीच विवाद चर्कियो | संघीय लोकतान्त्रिक मोर्चाको कार्यविधि तयार, सचिवालय जनता प्रगतिशील पार्टीको कार्यालयमा रहने | मधेसक बजेटकेँ श्रोतक आधार कमजोर | पर्साको यातायात कार्यालयका अधिकृत कमलराज गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा | जी–सेभेन बैठकको निश्कर्ष– इरान क्षेत्रीय अशान्तिका साथै आतंकको असली श्रोत |

एसीसीको प्रमुख पाकिस्तानी रहेको भन्दै भारत एसिया कपबाट अलग्गिने तयारीमा





काठमाडौं ।
भारतले आगामी पुरुष एसिया कप २०२५ र महिला इमर्जिङ टिम्स एसिया कपमा आफ्नो टोली नपठाउने निर्णय गरेको छ । पाकिस्तानसँगको तनावका कारण भारतले एसिया कपबाट हात झिक्ने निर्णय गरेको हो ।
द इन्डियन एक्सप्रेसमा प्रकाशित समाचार अनुसार बीसीसीआइले एसीसीलाई यो निर्णयबारे जानकारी गराइसकेको छ । पाकिस्तानी मन्त्रीले नेतृत्व गरिरहेको एसीसीले गराउने प्रतियोगिता भारतले खेल्न नसक्ने बीसीसीआई स्रोतले बतायो ।
‘पाकिस्तानी मन्त्री मोहसिन नक्वीको नेतृत्वमा रहेको एसीसी (एसियन क्रिकेट काउन्सिल) को प्रतियोगितामा भारतको टोली खेल्न सक्दैन । यो देशको भावना हो । हामीले एसीसीलाई मौखिक रूपमा जानकारी गराइसकेका छौँ कि भारतले महिला इमर्जिङ टिम्स एसिया कपमा भाग लिँदैन र भविष्यमा हुने अन्य प्रतियोगितामा पनि सहभागिता अनिश्चित छ । हामी निरन्तर सरकारको सम्पर्कमा छौँ,’ बीसीसीआई स्रोतले भन्यो ।
रोचक के छ भने यो वर्षको एसिया कप भारतमै आयोजना हुने तय भएको थियो । आगामी वर्ष हुने टी–२० विश्वकपलाई ध्यानमा राखेर टी–२० ढाँचामा खेलाइने तयारी थियो । तर भारतको निर्णयले प्रतियोगिता नै अन्योलमा परेको छ ।
भारतबाहेक यो प्रतियोगितामा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र बंगलादेश सहभागी हुने तय थियो । सन् २०२३ मा भएको अघिल्लो संस्करण पाकिस्तानले आयोजना गरेको भए पनि भारतले पाकिस्तान भ्रमण गर्न अस्वीकार गरेपछि प्रतियोगिता हाइब्रिड मोडलमा खेलाइएको थियो । भारतका सबै खेलहरू श्रीलंकामा खेलाइएका थिए ।
यसैगरी, सन् २०२५ को सुरुमा भएको आइसीसी च्याम्पियन्स ट्रफी पनि हाइब्रिड मोडलमा नै भएका थिए, जसमा भारतका सबै खेलहरू दुबई मा आयोजना गरिएका थिए ।
बीसीसीआइको पछिल्लो निर्णयसँगै एसिया कप २०२५ को आयोजनामै प्रश्न चिन्ह खडा भएको छ । प्रतियोगिताका प्रमुख प्रायोजकहरू भारतीय कम्पनीहरू भएकाले भारतको अनुपस्थितिले प्रतियोगिता नै रद्द हुने सम्भावना रहेको दाबीसमेत इन्डियन एक्सप्रेसले गरेको छ ।