Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

गुजरातको शानदार जीत, प्ले अफमा स्थान पक्का





काठमाडौं ।
ओपनरद्वय साइ सुदर्शनको अविजित शतक र कप्तान शुभमन गिलले अविजित ९३ रन बनाएपछि गुजरात टाइटान्सले दिल्ली क्यापिटल्समाथि १० विकेटको शानदार जित निकाल्दै प्लेअफमा स्थान पक्का गरेको छ ।
आइतबार भएको दोस्रो खेलमा दिल्लीले दिएको २०० रनको लक्ष्य गुजरातले १९ ओभरमा बिना कुनै विकेटको क्षतिमा पूरा ग¥यो । सुदर्शन ६१ बलमा १२ चौका र ४ छक्कासहित १०३ रनमा अविजित रहे । कप्तान गिल ५३ बलमा ३ चौका र ७ छक्कासहित ९३ रनमा अविजित रहे ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १९९ रनको योगफल खडा गरेको थियो । दिल्लीका लागि पनि ओपनर केएल राहुलले अविजित ११२ रनको शतकीय पारी खेले ।
अभिषेक पोरेलले ३०, अक्षर पटेलले २५ तथा ट्रिस्टन स्टब्सले अविजित २१ रन बनाए । गुजरातका अर्शद खान, प्रसिध कृष्णा र साइ किशोरले १–१ विकेट लिए ।
यस जितपछि गुजरातको १२ खेलमा १८ अंक भएको छ र शीर्षस्थानमा उक्लिएको छ । बेंगलुरु र पञ्जाब समान १२ खेलमा १७ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् ।
गुजरातसँगै बेंगलुरु र पञ्जाब पनि प्लेअफका लागि छनोट भएका छन् । यसअघि आजको पहिलो खेलमा पञ्जाबले राजस्थान रोयल्सलाई १० रनले हराउँदै प्लेअफको एक कदम नजिक पुगेको थियो । बेलुकाको नतिजाले तीनवटै प्लेअफ पक्का भएको हो ।
अब दिल्लीसँगै मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्समध्ये एक टोली प्लेअफमा छनोट हुन सक्छन् ।