

जनकपुरधाम ।
जनकपुरधामको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा हुने परीक्षाहरुमा मोबाइल प्रवेशमा रोक लगाएको छ । क्याम्पसमा हुने परीक्षामा हुने चोरीलाई लिएर निकै आलोचना भइरहेको बेला क्याम्पस प्रशासनले सूचना जारी गरी नै रोक लगाएको छ । यसप्रकारको रोकले परीक्षामा सुधारको संकेतको रुपमा देखिएको क्याम्पसका शिक्षकहरुले बताएका छन् ।
क्याम्पस प्रमुख प्रा. डा. बसन्तकुमार कर्णले आज सूचना जारी गरी ४ वर्षे स्नातक तहको चौथो वर्षको परीक्षामा परीक्षा कोठा भित्र मोबाइल ल्याउन सख्त मनाही गरिएको जनाएका छन् ।
सो सम्बन्धमा विगतमा पटक–पटक सूचना प्रकाशित गरिएता पनि विद्यार्थीहरुले मोबाइल ल्याउने गरेकोले अब उपरान्त कुनै परीक्षार्थीहरुले परीक्षाकोठा भित्र मोबाइल ल्याएको पाइएमा उक्त मोबाइल जफ्त गर्ने सो सूचनामा उल्लेख रहेको छ ।
जफ्त गरिएका मोबाइल सम्पूर्ण विषयको परीक्षा समाप्त भएपछि मात्र दिइने जनाइएको छ ।

